घुस लिएको आरोपमा बीपी मेमोरियल क्यान्सर अस्पतालका लेखा अधिकृत अमृता कोइराला पक्राउ
घुस लिएको आरोपमा बीपी मेमोरियल क्यान्सर अस्पतालका लेखा अधिकृत अमृता कोइराला पक्राउ
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, ७ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले सेवाग्राहीसँग घुस लिएको आरोपमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका लेखा अधिकृत अमृता कोइरालालाई नियन्त्रणमा लिएको छ ।
लेखा अधिकृत कोइरालाले औषधी आपूर्तिको बिल भुक्तानी दिए वापत सेवाग्राहीसँग नगद एक लाख ५० हजार र ४ लाख ५० हजार रुपैयाँको चेक लिएको अवस्थामा भरतपुर महानगरपालिका–४ कटहर थोकबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
एक सूचना एवं उजुरीका आधारमा आयोगको कार्यालय हेटौँडाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
प्रतिक्रिया