२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

मर्मतका लागि पोखरा जाँदै थियो जहाज, उडेलगत्तै दुर्घटना

मर्मतका लागि पोखरा जाँदै थियो जहाज, उडेलगत्तै दुर्घटना

गण्डकी टाइम्स
बुधवार, श्रावण ९ २०८१
गण्डकी टाइम्स
बुधवार, श्रावण ९ २०८१
  • काठमाडौं, ९ साउन । आज बिहान उडेलगत्तै त्रिभुवन विमानस्थलमै दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाज पोखरा जानलागेको खुलेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ९एन एएमई/सीआरजे२०० कलसाइनको जहाज मर्मतका लागि पोखरा उडेको थियो। तर उडेलगत्तै दुर्घटनामा परेको हो। विमानस्थलको रनवे ०२ बाट बिहान ११:११ बजे उडेको जहाज रनवे २० को पूर्वी साइडमा जहाज दुर्घटनामा परेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। हालसम्म जहाजमा १९ जना रहेको खुलेको भुलले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij