टानको अध्यक्षमा सागर पाण्डेले उम्मेदवारी दिने, साझा उम्मेदवार बनाउने प्रयास
टानको अध्यक्षमा सागर पाण्डेले उम्मेदवारी दिने, साझा उम्मेदवार बनाउने प्रयास
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १६ साउन । ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान)को आगामी अध्यक्षका लागि सागर पाण्डेले उम्मेदवारी दिने भएका छन् । माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यावसायी संगठनले पाण्डेलाई टानको अध्यक्षमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको छ । मंगलवार बसेको संगठनको बैठकले सागर पाण्डेको नेतृत्वमा टानमा जाने निर्णय गरेको नेपाल पर्यटन व्यवसायी संगठनका अध्यक्ष नवराज पाण्डेले जानकारी दिए ।
नेपालको पर्वतिय पर्यटनमा लामो अनुभव रहेका पाण्डेलाई टानको आगामी अध्यक्षमा अघि सार्ने निर्णयले पर्यटन व्यावसायीमा उत्साह थपिएकोको वरिष्ठ पर्यटन व्यावसाययी गणेश सिम्खडाले बताए । टानको महासचिवको जिम्मेवारी सम्हाली सकेका पाण्डे चर्चित पर्यटन व्यवसायी समेत हुन् । टानको महासचिव हुँदा पाण्डेले पर्यटन प्रबर्द्धनमा गरेको कामको अहिले पनि चर्चा हुने गरेको सिम्खडाको भनाइ छ ।
टानको अध्यक्षमा सागर पाण्डेलाई अघि सारेसंगै साझा उम्मेदवार बनाउने गरि अन्य संघसंगठनसंग छलफल तथा वार्ता अघि बढ्ने नेपाल पर्यटन व्यावसायी संगठनले जनाएको छ ।
प्रतिक्रिया