भैँसीको आक्रमणमा बाघ मर्यो
भैँसीको आक्रमणमा बाघ मर्यो
गण्डकी टाइम्स
गण्डकी टाइम्स
मकवानपुर, ६ भदौ । भैँसी खान आएको बाघलाई भैँसीले आक्रमण गर्दा बाघ मरेको छ । मकवानपुरमा भैँसीगोठमा बाघ मृत भेटिएको हो ।
बिहीबार बिहान सवा ३ बजे मकवानपुरको मनहरी गाउँपालिका-६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत अवस्थामा भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गोठमा बाँधिएको भैँसी घाइते भेटिएको छ। भैँसी घाइते र बाघ मृत भेटिनुले भैँसीले हान्दा बाघको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया