चितवनमा अर्को बस पल्टियो, १९ जना घाइते
चितवनमा अर्को बस पल्टियो, १९ जना घाइते
गण्डकी टाइम्स
गण्डकी टाइम्स
चितवन, ७ भदौ । मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनाको उद्धार नसकिँदै चितवनमा शुक्रबार दिउँसो अर्को बस दुर्घटना भएको छ।
रौतहटको गौरबाट पोखराका लागि जाँदै गरेको ग २ ख ४७ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टिएको हो।
चितवनको भरतपुर महानगरपालिका २९ सत्र किलो भन्ने स्थानमा माथिबाट ढुंगा खसेर चालक अत्तालिएको र बस अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए।
उनका अनुसार हालसम्म १९ जना घाइतेलाई उद्धार गरी अस्पताल लगिएको छ।
प्रतिक्रिया