विष्णु माझीको नयाँ तिज गीत ‘आइनँ आमा यो तिजमा’ सार्वजनिक (भिडयो)
विष्णु माझीको नयाँ तिज गीत ‘आइनँ आमा यो तिजमा’ सार्वजनिक (भिडयो)
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, ८ भदौ। चर्चित गायिका गायिका विष्णु माझीको नयाँ तिज गीत सार्वजनिक भएको छ। माझीको नयाँ तिज गीतको पर्खाइमा रहेका दर्शकहरुले उनको नयाँ तीज गीत सुन्न पाउने भएका हुन् ।
यस वर्ष पनि विष्णु माझीको स्वरमा तीज गीत ‘आइनँ आमा यो तिजमा’ बोलको गीत सार्वजनिक भएको छ। ‘पुतलीको भट्टी भाग २०’ मा समावेश गरिएको गीतमा विष्णुको एकल स्वर सुन्न सकिन्छ। विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका छन्। गीतमा तीजमा माइत जान नपाएको कुरालाई समेटिएको छ।
भिडियो :
https://www.youtube.com/watch?v=TQ0ElQ2TkmQ
प्रतिक्रिया