२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

ममता काफ्ले प्रकरणमा प्रहरीले सार्वजनिक गर्‍यो नयाँ प्रमाण

ममता काफ्ले प्रकरणमा प्रहरीले सार्वजनिक गर्‍यो नयाँ प्रमाण

गण्डकी टाइम्स
आइतवार, भाद्र १६ २०८१
गण्डकी टाइम्स
आइतवार, भाद्र १६ २०८१
  • काठमाडौं, १६ भदौ । अमेरिकामा हत्या गरिएको अनुमान गरिएकी ममता काफ्ले प्रकरणमा प्रहरीले थप प्रमाणहरू सार्वजनिक गरेको छ । अमेरिकाको मानस पार्कस्थित काफ्लेको घरबाट केही थप प्रमाणहरू भेटिएको मानसा पार्क प्रमुख मारियो लुगोले जानकारी दिएका छन् । उनले थप प्रमाणहरू अदालतमा पेस गरिएको बताएका छन् । काफ्लेको घरमा प्रहरीले खोजतलास गर्दा रगतका स्टेनहरू भेटिएको प्रमाण अदालतमा पेस गरिएको छ । केही दिनअगाडि मानस पार्क प्रमुख मारियोले घटनाबारे केही महत्वपूर्ण सुराग भेटिएको बताएका थिए । काफ्लोको हत्या भइसकेको प्रहरीको अनुमान छ । यद्यपि काफ्लेको मृत शरीर भने भेटिएको छैन । उनको हत्या उनकै श्रीमान नरेश भट्टले गरेको प्रहरीको दाबी छ । उनी यही आरोपमा पक्राउ परी थुनामा छन् । अदालतमा दुईपटक यो विषयमा सुनुवाइ भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij