२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

गोरखाको बुटार र चितवनको चुमखोला जोड्ने बेलिब्रिजको उद्घाटन, स्थानीयमा छायो खुशीयाली

गोरखाको बुटार र चितवनको चुमखोला जोड्ने बेलिब्रिजको उद्घाटन, स्थानीयमा छायो खुशीयाली

गण्डकी टाइम्स
बुधवार, भाद्र १९ २०८१
गण्डकी टाइम्स
बुधवार, भाद्र १९ २०८१
  • गोरखा, १९ भदौ। गोरखाको गण्डकी गाउँपालिका–१ बुटार र चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला जोड्ने त्रिशूली नदीमाथि बेलिब्रिज निर्माण भएको छ । उक्त बेलिब्रिजको बुधवार उद्घाटन गरिएको छ । गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना र इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले एक कार्यक्रमकाबीच संयुक्त रुपमा बेलिब्रिजको उद्घाटन गरेका हुन् । बेलिब्रिज संचालनमा आएसंगै गोरखाका ताङ्लीचोक, मकैसिङ, भुम्लिचोक लगायतका स्थानीय लाभान्वित हुने गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिनाले जानकारी दिनुभयो । पुल निर्माणसंगै गोरखा तर्फका जनतामा खुशी छाएको अध्यक्ष तिमिल्सिनाको भनाइ छ। वुटारमा निर्माणाधीन १०० मेघावाट क्षमताको सुपर त्रिशुली जलबिद्युत आयोजनाले उक्त पुल निर्माण गरेको हो । ११६ मिटर लम्बाई र ४.२ मिटर चौडाई रहेको उक्त पुल निर्माणमा १६ करोड १४ लाख लागत लागेको खर्चेर पुल निर्माण गरिएको सुपर त्रिशुली आयोजनाले जनाएको छ। कार्यक्रममा गण्डकी गाउँपालिका अध्यक्ष श्री दिपक तिमिल्सिना (साकार), उपाध्यक्ष ललिता अधिकारी, इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, प्रतिनिधि सभाका पूर्वसांसद हरिराज अधिकारीलगायतको सहभागीता रहेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij