२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

कांग्रेसले कुनै दलसँग चुनावमा तालमेल गर्दैन : कोइराला

कांग्रेसले कुनै दलसँग चुनावमा तालमेल गर्दैन : कोइराला

गण्डकी टाइम्स
शनिवार, कार्तिक १० २०८१
गण्डकी टाइम्स
शनिवार, कार्तिक १० २०८१
  • काठमाडौँ, १० कात्तिक । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३२ ले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले आगामी निर्वाचनमा सबै दलले एक्लै प्रतिस्पर्धा गर्ने घोषणा गरेकाले आफ्नो पार्टी पनि कुनै दलसँग तालमेल नगरी चुनावमा जान सक्षम रहेको जिकिर गरे। निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न आजैदेखि तयारी गर्नुपर्नेमा उनले जोड दिए। उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन हुने बताउँदै राजनीतिक स्थायित्वका निम्ति दुई दलीय सरकार बनेको स्पष्ट पारे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij