अमेरिकी सिनेटमा रिपब्लिकन पार्टीको बहुमत
अमेरिकी सिनेटमा रिपब्लिकन पार्टीको बहुमत
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ , २१ कात्तिक । अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीको बहुमत कायम हुने देखिएको छ। सञ्चारमाध्यमहरुले हालसम्म एक सयमध्ये ५१ सिटमा सो पार्टीले जित्ने प्रक्षेपण गरेका छन्। यसअघि सिनेटमा डेमोक्र्याटिक पार्टीको बहुमत थियो। सो पार्टीले ५१ सिट जितेको थियो।
तर, यसपटकको चुनावमा रिपब्लिकन पार्टीले नतिजा उल्ट्याएको हो। त्यसका लागि ओहायोमा बर्नी मोरेनो, वेस्ट भर्जिनियामा जिम जस्टिस र नेब्रास्कामा डेब फिसरले महत्त्वपूर्ण जित हात पारे।
कानुन बनाउन मात्र होइन, नयाँ राष्ट्रपतिको प्रशासनका महत्त्वपूर्ण पदमा नियुक्तिमा पनि सिनेटको भूमिका निर्णायक हुने गर्छ।
प्रतिक्रिया