२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको निधन

पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको निधन

गण्डकी टाइम्स
आइतवार, कार्तिक २५ २०८१
गण्डकी टाइम्स
आइतवार, कार्तिक २५ २०८१
  • काठमाडौँ, २५ कात्तिक । पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको निधन भएको छ । वाग्लेको आइतबार साझ राजधानीको ह्याम्स अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । वाग्ले नेपाली कांग्रेसका पुराना नेता चिरञ्जिवी वाग्लेका छोरा हुन् । रक्तश्रावको समस्या देखिएपछि उनलाई चार दिनअघि मात्रै ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो। वाग्लेको सोमबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तय भएको पारिवारिक श्रोतले जानकारी गराएको छ । नेपाली कांग्रेस गोरखाका महाधिवेशन प्रतिनिधि समेत रहेका देवेन्द्र वाग्ले पर्यटन व्यवसायीको क्षेत्रमा स्थापित सबैले रुचाइएका व्यक्ति थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij