२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

२०औं राष्ट्रिय कफी दिवस : गत वर्ष मात्र ४२ करोडको कफी आयात

२०औं राष्ट्रिय कफी दिवस : गत वर्ष मात्र ४२ करोडको कफी आयात

गण्डकी टाइम्स
शनिवार, मंसिर १ २०८१
गण्डकी टाइम्स
शनिवार, मंसिर १ २०८१
  • काठमाडौँ, १ मङ्सिर । आज नेपालमा आज २०औं राष्ट्रिय कफी दिवस मनाइँदैछ। “नेपालको कफी अर्गानिक अरविका, गुणस्तरीय उत्पादन वृद्धिमा हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ दिवस मनाउन लागिएको छ। नेपाली कफीको इतिहास : नेपाली कफी खेतीको सुरुवात सन् १९९५ मा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बीउ गुल्मीको आँपचौरमा रोपेर भएको मानिन्छ । नेपालमा सुरुदेखि नै अराविका कफीको खेती भइरहेको छ, जुन कफी पारखीहरूको पहिलो रोजाइमा पर्छ। यो जातको कफीले विश्वभर उत्पादन हुने कुल कफीको ७५ प्रतिशत हिस्सा ओगट्छ। आन्तरिक माग र उत्पादन : नेपालमा उत्पादन भएको कफीले स्वदेशी माग एक महिना पनि नधान्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ले जनाएको छ। शहरी क्षेत्रमा कफीको माग तीव्र रूपमा बढे पनि उत्पादन मागको तुलनामा निकै कम छ। २०८०/८१ मा नेपालभर झन्डै ५ सय मेट्रिक टन ग्रीनबीन कफी उत्पादन भएको छ। तर, मागअनुसार आपूर्ति नहुँदा कफी आयात बढ्दै गएको छ। आयात र निर्यातको स्थिति भन्सार विभागका अनुसार : २०७९/०८० मा: १३ करोड ४ लाख रुपैयाँ बराबरको ७७.८६ मेट्रिक टन कफी निर्यात। ३२ करोड ५८ लाख रुपैयाँ बराबरको ४५० मेट्रिक टन कफी आयात। २०८०/०८१ मा: १४ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ मेट्रिक टन कफी निर्यात। ४१ करोड ९८ लाख रुपैयाँ बराबरको ४४३ मेट्रिक टन कफी आयात।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij