२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

बजगाईंले पर्यटनमन्त्री पाण्डेसँग मागे माफी

बजगाईंले पर्यटनमन्त्री पाण्डेसँग मागे माफी

गण्डकी टाइम्स
मंगलवार, मंसिर ४ २०८१
गण्डकी टाइम्स
मंगलवार, मंसिर ४ २०८१
  • काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पर्यटनमन्त्री बद्री पाण्डेसँग माफी मागेका छन् । सांसद बजगाईले मन्त्री पाण्डेले क्यासिनोलाई स्वीकृति दिदा करोडौं कमिसन खाएको आरोप लगाएपछि उनलाई पार्टीलेस्पष्टीकरण सोध्दै प्रमाण मागेको थियो । बजगाईले सामाजिक सञ्जाल एक्समार्फत माफी माग्दै लेखेका छन्- ‘सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो । मैले लगाएको आरोपले वहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यसकारण उक्त लांछित अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रती पनि क्षमाप्रार्थी छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij