पत्रकार महासंघले सार्वजनिक गर्यो निर्वाचन कार्यतालिका
पत्रकार महासंघले सार्वजनिक गर्यो निर्वाचन कार्यतालिका
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १८ मंसिर । नेपाल पत्रकार महासंघले मंसिर २८ गते हुने निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ । महासंघले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ ।
महासंघको निर्वाचन समितिले केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखाबाट प्राप्त नामावलीअनुसार सूची प्रकाशित गरेको हो ।
मतदाताको नामावली नेपाल पत्रकार महासंघको वेबसाइट तथा केन्द्रीय निर्वाचन कार्यालयको सूचना पार्टीमा टाँस गरिएको छ ।२८ गते हुने निर्वाचनमा सहभागी हुन सम्पूर्ण सदस्यले विधान बमोजिमको शुल्क भुक्तानी गरेको हुनुपर्ने निर्वाचन समितिले विज्ञप्तिमा जनाएको छ ।
प्रतिक्रिया