२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

छविलाल जोशीको दोस्रो दिनको बयान सुरु, रविको कहिले ?

छविलाल जोशीको दोस्रो दिनको बयान सुरु, रविको कहिले ?

गण्डकी टाइम्स
मंगलवार, पौष ९ २०८१
गण्डकी टाइम्स
मंगलवार, पौष ९ २०८१
  • काठमाडौं, ८ पुस । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर मुद्दामा कास्की जिल्ला अदालतले छविलाल जोशीसँग दोस्रो दिनको बयान सुरु गरेको छ। बयान केहीबेरअघि सुरु भएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। पोखराको सूर्यदर्शन सहकारी ठगी अनुसन्धानका क्रममा छवि र रवि लामिछानेसहित ३१ जनाविरुद्ध गत आइतबार सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत ३ कसुरमा मुद्दा दर्ता भएको छ। सो प्रकरणका प्रतिवादीसँग कास्की जिल्ला अदालतले सोमबारदेखि बयान लिन थालेको हो। पहिलो दिन छविलालको बयान नसकिएकाले आज दोस्रो दिन पनि जारी रहेको हो। छविको बयान सकिएपछि आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु हुने अनुमान गरिएको छ। तर निश्चित भने भइसकेको छैन। किनकि बयान लिनुपर्ने प्रतिवादी अरू पनि छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij