२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुशासन र आर्थिक समृद्धिका लागि पत्रकारको भूमिका महत्वपूर्ण : राष्ट्रियसभा अध्यक्ष दाहाल

सुशासन र आर्थिक समृद्धिका लागि पत्रकारको भूमिका महत्वपूर्ण : राष्ट्रियसभा अध्यक्ष दाहाल

गण्डकी टाइम्स
आइतवार, पौष २१ २०८१
गण्डकी टाइम्स
आइतवार, पौष २१ २०८१
  • ललितपुर, २१ पुस। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सुशासन र आर्थिक समृद्धिका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने भएकाले थप क्रियाशीलताका लागि आग्रह गरेका छन्। नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाद्वारा आज यहाँ आयोजित नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा उनले समाज रूपान्तरणमा पत्रकारको भूमिकाको प्रशंसा गर्दै जिम्मेवारीअनुसार भूमिका निर्बाहका लागि आग्रह गरे। अध्यक्ष दाहालले सुशासन र आर्थिक समृद्धिका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने भएकाले यस क्षेत्रमा थप क्रियाशीलताका लागि आग्रह गरे। “अहिले देशमा सुशासन र आर्थिक समृद्धिको कुरालाई जीवन र व्यवहारमा उतार्नेभन्दा पनि आदर्शका रूपमा मात्रै प्रस्तुत गरिरहेको भान हुन्छ। आदर्श एउटा कुरा हो, त्यसलाई जीवन र व्यवहारमा लागूगर्नु अर्को कुरा हो। यी अन्तरविरोधलाई हल गर्न पत्रकारले जिम्मेवारी निर्वाह गर्न सक्नुपर्छ”, उनले भने। अध्यक्ष दाहालले सत्यतथ्यमा आधारित भएर समाचार प्रस्तुत गरे मात्रै समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुग्ने धारणा राखे। “आममानिसले पत्रकारले दिने समाचारअनुसार धारणा बनाउँछन्। त्यसैकारण हामीले गम्भीर भएर समाचार प्रस्तुत गनुपर्छ”, उनले भने। मिडिया काउन्सिल विधेयक सदन सञ्चालन हुनेवित्तिकै प्रस्तुत हुने भन्दै अध्यक्ष दाहालले पत्रकारिता व्यवस्थित गर्न आवश्यक ऐन, कानुनका सम्बन्धमा समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले नागरिक संस्थाको रूपमा महासङ्घको उचाइ र मर्यादालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उनले श्रमजीवी पत्रकारले निर्बाध र सुरक्षित रूपमा लेख्न पाउने अधिकारको सुनिश्चितताका लागि महासङ्घ निरन्तर क्रियाशील हुने बताए। महासङ्घ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले पत्रकारको हकहित र जिल्लामा सञ्चालित स्वरोजगारमूलक मिडियाको व्यवस्थापनका लागि सहजीकरण गर्ने बताए। निर्वाचन समितिका संयोजक सुरेन्द्र चालिसे, महासङ्घ ललितपुरकाभूतपूर्व अध्यक्ष सागर न्यौपानेलगायतले आफ्नो धारणा व्यक्त गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij