पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जना पक्राउ
पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जना पक्राउ
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, १४ फागुन । पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए ।
आरोपीहरुलाई प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । सिक्री लुट्न खोज्ने र गाँखा खाएर होहल्ला गर्नेहरुलाई नियन्त्रणमा लिइएको एसपी बोहराले बताए । उनले भने, ‘हामीले प्रोफाइल हेरेर नियन्त्रणमा लिएका छौँ ।’
प्रतिक्रिया