प्राधिकरणबाट कुलमान हटाइए, शाक्य ल्याईए
प्राधिकरणबाट कुलमान हटाइए, शाक्य ल्याईए
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, ११ चैत। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ्गलाई बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।मन्त्रिपरिषद्को सोमबार साँझ सिंहदरबारमा बसेको बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको हो।
शाक्यलाई यसअघि पनि ओली नेतृत्वको सरकारले नै कार्यकारी निर्देशक नियुक्त गरेको थियो। शाक्य २०७७ कात्तिक २३ गते प्राधिकरणको कायममुकायम कार्यकारी निर्देशकमा मुकरर भएका थिए। त्यसपछि सोही वर्ष माघ २९ गते उनलाई मन्त्रिपरिषद्ले कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो।
प्रतिक्रिया