अग्रज पत्रकार भैरव रिसालको निधन
अग्रज पत्रकार भैरव रिसालको निधन
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, २४ चैत। वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ। उनको आइतबार राति ९७ वर्षको उमेरमा निधन भएको हो। मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका पत्रकार रिसालको बानेश्वरस्थित एक अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
पत्रकार रिसालको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो। रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए। उनले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गरेका थिए।
प्रतिक्रिया