२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको १ लाख ९१ हजार रुपैयाँ

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको १ लाख ९१ हजार रुपैयाँ

गण्डकी टाइम्स
सोमवार, बैशाख ८ २०८२
गण्डकी टाइम्स
सोमवार, बैशाख ८ २०८२
  • काठमाडौँ, ८ बैसाख । नेपाली बजारमा आज सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । जुन मूल्य हालसम्मकै उच्च मूल्य हो। यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो । त्यसयता सुनको मूल्य सामान्य घटबढ भएकामा सोमबारसम्म आइपुग्दा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । आइतबार भने सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो । आइतबारकै तुलनामा सोमबार सुनको मूल्य तोलामा १२०० रुपैयाँ बढेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij