सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको २ लाख नजिक
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको २ लाख नजिक
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ९ बैशाख । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको छ। विगत केही दिनयता उच्च दरमा बढिरहेको सुनको मूल्यले आज फेरि यसअघिका सबै ‘रेकर्ड ब्रेक’ गरेको हो।
सुनको मूल्य आज प्रतितोला ६ हजार नाैसय रुपैयाँ बढेर एक लाख ९७ हजार पाँचसय रुपैयाँ पुगेको छ। सोमबार सुन तोलामा १२ सय रुपैयाँ बढेर एक लाख ९१ हजार रुपैयाँ पुगेको थियो।
चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी आज एक हजार नाैसय ७० रुपैयाँमा काराेबार भइरहेकाे छ।
प्रतिक्रिया