वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गोरखाका युवक काठमाडौंबाट पक्राउ
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गोरखाका युवक काठमाडौंबाट पक्राउ
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १४ वैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा गोरखाका एक युवकलाई प्रहरीले राजधानी काठमाडौंबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखा जिल्ला, अजिरकोट गाउँपालिका–४ सिम्जुङका २२ वर्षीय अनिल देवकोटा रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार देवकोटाले दुई जनाबाट झन्डै ६ लाख रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन बनेको उजुरीका आधारमा उनीमाथि अनुसन्धान सुरु गरिएको थियो।
उनी काठमाडौं महानगरपालिका–१६ बस्दै आएका थिए। प्रहरीको टोलीले उनलाई काठमाडौं महानगरपालिका–११, बबरमहल क्षेत्रबाट पक्राउ गरेको हो।
पक्राउ परेका देवकोटालाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।
प्रहरीले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने गिरोहविरुद्ध विशेष अभियान नै सञ्चालन गरिरहेको जनाएको छ।
प्रतिक्रिया