२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा बसले किच्दा छोरीको मृत्यु, आमा घाइते

गोरखामा बसले किच्दा छोरीको मृत्यु, आमा घाइते

गण्डकी टाइम्स
बुधवार, जेठ ८ २०८२
गण्डकी टाइम्स
बुधवार, जेठ ८ २०८२
  • गोरखा, ७ जेठ । गोरखा नगरपालिका-४ फिनाममा बसले किच्दा ४ वर्षकी सबिना सुर्खेतीको मृत्यु भएको छ भने उनकी आमा २२ बर्षकी बिनिता सुर्खेती घाइते भएकि छिन् । गोरखा बजारबाट कोखे आहालेतर्फ जाँदै गरेको ग २ ख ९२९ नम्वरको बस चढेर आएका उनीहरूलाई दिउँसो साढे १ बजे फिनामचोकमा ओर्लने क्रममा सोही बसले किचेको हो । सबिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिनिताको प्रदेश अस्पताल गोरखामा उपचार भैरहेको कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद बञ्जाडेले बताए । बस चालक भिमसेनथापा गाउँपालिका-४ धावाका बिनोद लामिछाने प्रहरी नियन्त्रणमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij