२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

इरानमाथि आक्रमणपछि अमेरिकामा उच्च सतर्कता, न्यूयोर्क र वासिङ्टनमा थप सुरक्षा बल परिचालन

इरानमाथि आक्रमणपछि अमेरिकामा उच्च सतर्कता, न्यूयोर्क र वासिङ्टनमा थप सुरक्षा बल परिचालन

गण्डकी टाइम्स
आइतवार, आषाढ ८ २०८२
गण्डकी टाइम्स
आइतवार, आषाढ ८ २०८२
  • काठमाडौं, ८ जेठ । इरानमाथिको सैन्य आक्रमणपछि अमेरिकाभित्र सुरक्षा सतर्कता उच्च बनाइएको छ। न्यूयोर्क र वासिङ्टन डिसीले सार्वजनिक सल्लाह जारी गर्दै सम्भावित खतरा न्यूनीकरणका लागि अतिरिक्त सुरक्षा बल परिचालन गरेका छन्। न्यूयोर्क सहरका मेयरको कार्यालयले जनाएअनुसार, “सुरक्षाका दृष्टिले महत्वपूर्ण स्थानहरूमा निगरानी बढाइएको छ,” र आम जनतामा सतर्कता अपनाउन आग्रह गरिएको छ। त्यस्तै वासिङ्टन डिसीमा पनि सहरभित्र संवेदनशील संरचनाहरू र सरकारी निकायहरूको वरिपरि थप प्रहरी र राष्ट्रिय सुरक्षा गार्ड तैनाथ गरिएको छ। अमेरिकी गुप्तचर निकायहरूले सम्भावित साइबर आक्रमण, आतङ्ककारी प्रतिघात र दूतावासहरूमा आक्रोशजन्य प्रदर्शनको जोखिम भएको संकेत दिएका छन्। इरानमाथिको आक्रमणसँगै विश्वभरका कूटनीतिक र सुरक्षासम्बन्धी निकायहरूमा तनाव चुलिएको छ। संयुक्त राष्ट्रसंघ लगायतका शक्तिशाली राष्ट्रहरूले संयमता अपनाउन आह्वान गरिरहेका छन्। अमेरिकाले भने सुरक्षा सतर्कता “एहतियातका लागि” गरिएको र हालसम्म आन्तरिक सुरक्षामा ठूला खतरा नदेखिएको बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij