२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

योजनाको रकम भुक्तानीमा पालिका हाकिम र अध्यक्षविच विवाद, हाकिम झ्यालबाट हाम फालेर जोगिए

योजनाको रकम भुक्तानीमा पालिका हाकिम र अध्यक्षविच विवाद, हाकिम झ्यालबाट हाम फालेर जोगिए

गण्डकी टाइम्स
सोमवार, आषाढ २३ २०८२
गण्डकी टाइम्स
सोमवार, आषाढ २३ २०८२
  • स्याङ्जा, २३ असार । स्याङ्जाको हरिनास गाउँपालिकामा सोमबार एक अनौठो दृश्य देखियो- प्रमुख प्रशासकीय अधिकृत झ्यालबाट हाम फाल्दै ज्यान जोगाए भने गाउँपालिका अध्यक्षले हाकिमको फाइल र मोबाइल कब्जामा लिए । कारण थियो योजनाको रकम भुक्तानीमा चर्किएको विवाद । घटना सोमवार दिउँसोको हो। हरिनास गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धर दुईवटा फाइल लिएर स्वास्थ्य महाशाखाको कोठामा प्रवेश गरे, जहाँ प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेल थिए। ती फाइल उपभोक्ता समितिसँग सम्बन्धित थिए। तर पौडेलले ती फाइलमा कुनै कानुनी सम्झौता नभएको र विनियोजित बजेट पनि नरहेको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरे। अध्यक्ष मानन्धरले "मैले बजेट छुट्याइसकेको छु," भन्दै उनले हस्ताक्षरको लागि हाकिमलाई दबाब दिन थाले। विवाद उग्र बन्दै गयो । भनाभन चलिरहँदा अध्यक्ष मानन्धरले हाकिम पौडेलको सर्ट समात्दा टाँका फुस्किए। कार्यालयको वातावारण झनै बिग्रीयो । स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रशासकीय अधिकृत पौडेलले अन्ततः झ्यालबाटै हाम फालेर आफ्नो सरकारी निवास (क्वार्टर) तर्फ भागे। हाकिमको सरकारी ल्यापटप, मोबाइल र फाइलहरू अध्यक्ष मानन्धरकै कब्जामा रहेको बताइएको छ। घटनापछि गाउँपालिकामा तनाबपूर्ण अवस्था छ भने कर्मचारीहरूबीच त्रास व्याप्त रहेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij