२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

माबिलुङ्ग इनर्जीको आईपीओ निष्कासन

माबिलुङ्ग इनर्जीको आईपीओ निष्कासन

गण्डकी टाइम्स
आइतवार, श्रावण २५ २०८२
गण्डकी टाइम्स
आइतवार, श्रावण २५ २०८२
  • काठमाडौं, २६ साउन । माबिलुङ्ग इनर्जी लिमिटेडले साधारण शेयर (आईपीओ) सोमबारदेखि निष्कासन गरिएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिएको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट भइसकेको छ । सर्वसाधारणका लागि निष्कासन गरिएको शेयरमध्ये ३० हजार ९५ कित्ता शेयर कर्मचारीहरूका लागि, ७५ हजार २३६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुटाइएको छ । जसमा इच्छुक लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यस कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आईपीओ साउन २९ गतेसम्म निष्काशनमा रहनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij