बढ्यो सुनको मूल्य, तोलाको कति ?
बढ्यो सुनको मूल्य, तोलाको कति ?
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ३ मंसिर । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ। मंगलबारको तुलनामा बुधबार दुवै धातुको मूल्य बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार ८०० ले बढेको छभने त्यति नै परिमाणको चाँदी ६० रूपैयाँ ले बढेको छ।
बुधबार एक तोला सुनको मोल दुई लाख ४२ हजार ३०० निर्धारण भएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार १५० कायम भएको छ।
प्रतिक्रिया