सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति ?
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति ?
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, २७ पुस । स्थानिय बजारमा सुनको मूल्य फेरि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज कारोबारमा सुनको भाउ उल्लेख्य रूपमा बढेसँगै यसअघिको उच्च मूल्य बराबरको स्तरमा पुनः पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले वृद्धि भएको छ। यो वृद्धिसँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको छ। यसअघि गत पुस १३ गते पनि सुनको भाउ यही स्तरमा पुगेको थियो ।
गत शुक्रबार भने सुन प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुनु, अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण सुरक्षित लगानीको रूपमा सुनप्रतिको आकर्षण बढ्नुले स्थानीय बजारमा पनि सुनको मूल्य उकालो लागेको व्यवसायीहरूको भनाइ छ।
प्रतिक्रिया