२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुनको मूल्य तोलाको तीन लाखमाथि

सुनको मूल्य तोलाको तीन लाखमाथि

गण्डकी टाइम्स
बिहिवार, माघ ८ २०८२
गण्डकी टाइम्स
बिहिवार, माघ ८ २०८२
  • काठमाडौं, १० माघ । नेपाली बजारमा शुक्रबार (माघ ९) सुनको मूल्य तोलाको तीन लाख रुपैयाँ नाघेको छ । सुनको मूल्य एकैदिन तोलामा नौ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख एक हजार ४०० रुपैयाँ कायम छ । यो हालसम्मकै उच्च मूल्य हो । बिहीबार (माघ ८) छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँका किनबेच भएको थियो । चाँदीको मूल्य पनि तोलामा ३२० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ६ हजार १९० रुपैयामा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij