नेपाल राष्ट्र बैंकले आज (शनिबार, १७ माघ) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो बनेको छ।
केही दिनयता लगातार बढिरहेको अमेरिकी डलर आज १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा छ। शुक्रबार अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४४ पैसा थियो भने बिहीबार १ को खरिदर १४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा थियो। गत सोमबार अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा पुगेर केही घटेको थियो। तर त्यसयता अमेरिकी डलरको भागउ लगातार बढिरहेको छ। यसैगरी आज क्यानेडियन डलर, कुबेती दिनार र बहराइन दिनारको पनि खरिददर बढेको छ। राष्ट्र बैंकका अनुसार आज स्विस फ्रयाङ्क १ को खरिददर १९१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ। शुक्रबार स्विस फ्रयाङ्क १ को खरिददर १९१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८४ पैसा कायम गरिएको छ। यस्तै आज क्यानेडियन डलर १ को खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९५ पैसा छ।
शुक्रबार क्यानेडियन डलर १ को खरिददर १०८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८७ पैसा छ। शुक्रबारको तुलनामा आज युरोपियन युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलर, जापानी येनको भाउ भने घटेको छ। आज युरो १ को खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा छ। शुक्रबार १ को खरिदर १७५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७६ रुपैयाँ १७ पैसा थियो।
यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा छ। शुक्रबार पाउन्ड स्ट्रलिङ १ को खरिदर २०२ रुपैयाँ ५४ र बिक्रीदर २०३ रुपैयाँ ३६ पैसा थियो। आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा छ। शुक्रबार अस्ट्रेलियन डलर १ को खरिदर १०३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा थियो। आज जापानी येन १० को खरिददर ९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा छ। शुक्रबार जापानी येन १० को खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा थियो।