आज १४ हजार ४०० ले बढ्यो सुनको मूल्य
आज १४ हजार ४०० ले बढ्यो सुनको मूल्य
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, २१ माघ । नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य प्रतितोला १४ हजार ४०० रूपयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
योसँगै बुधबार सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार सुनको मूल्य २ लाख ९० हजार ३०० रुपैयाँ थियो ।
यसैगरी, बुधबार चाँदी तोलामा २६५ रुपैयाँले बढेर ५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला ५ हजार ३३५ रुपैयाँ थियो ।
प्रतिक्रिया