२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

बुढीगण्डकी आयोजनाप्रति अर्थमन्त्री वाग्लेको अभिव्यक्तिले स्थानीय असन्तुष्ट, अभिव्यक्ति फिर्ता लिन माग

बुढीगण्डकी आयोजनाप्रति अर्थमन्त्री वाग्लेको अभिव्यक्तिले स्थानीय असन्तुष्ट, अभिव्यक्ति फिर्ता लिन माग

गण्डकी टाइम्स
सोमवार, जेठ ११ २०८३
गण्डकी टाइम्स
सोमवार, जेठ ११ २०८३
  • गोरखा, ११ जेठ । राष्ट्रियसभाको ‘विकास, आर्थिक तथा सुशासन समिति’को बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुढीगण्डकी जलविद्युत आयोजनाको लागत तथा निर्माण प्रक्रियाबारे दिएको अभिव्यक्तिप्रति स्थानीयवासी तथा प्रभावित पक्षले असन्तुष्टि जनाएका छन्।

    बैठकमा अर्थमन्त्री वाग्लेले बुढीगण्डकी आयोजना अत्यन्त महँगो भएको टिप्पणी गर्दै “यति ठूलो रकम अन्य क्षेत्रमा लगानी गरेको भए बढी फाइदा हुन्थ्यो भनेर पछि जनताले प्रश्न गरे के भन्ने ?” भन्ने आशयको अभिव्यक्ति दिएका थिए।

    अर्थमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाट राष्ट्रिय गौरवको आयोजनाबारे निराशा पैदा गर्ने खालको धारणा सार्वजनिक हुनु दुःखद भएको स्थानीयहरूको भनाइ छ। विशेषगरी गोरखासँग प्रत्यक्ष सम्बन्ध रहेका अर्थमन्त्री स्वयंले आयोजनाप्रति सकारात्मक धारणा नराखेको भन्दै प्रभावित क्षेत्रका बासिन्दा निराश बनेका छन्।

    स्थानीयवासी तथा सरोकारवालाले बुढीगण्डकी आयोजना केवल जलविद्युत परियोजना मात्र नभई देशको ऊर्जा सुरक्षा, आर्थिक समृद्धि र दीर्घकालीन विकाससँग जोडिएको विषय भएको बताएका छन्। उनीहरूले आयोजना महँगो भएको बहस गर्नेभन्दा पनि निर्माणका लागि आवश्यक स्रोत जुटाउने, स्पष्ट योजना बनाउने र कार्यान्वयनलाई तीव्रता दिने दिशामा सरकार केन्द्रित हुनुपर्ने बताएका छन्।

    गोरखा र थादिङ्गका प्रभावितहरुले अर्थमन्त्री वाग्लेलाई निराशाजनक अभिव्यक्ति बन्द गरी आयोजना निर्माणका लागि आवश्यक लगानी जुटाउने उपायतर्फ सक्रिय हुन दरिलो सुझाव दिएका छन्। साथै, वर्षौंदेखि प्रभावित जनतालाई अन्योलमा नराखी निर्माण प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij