२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

चलचित्र ‘भागदौड’ असार २६ गतेदेखि प्रदर्शनमा आउने

चलचित्र ‘भागदौड’ असार २६ गतेदेखि प्रदर्शनमा आउने

गण्डकी टाइम्स
बिहिवार, आषाढ ४ २०८३
गण्डकी टाइम्स
बिहिवार, आषाढ ४ २०८३
  • काठमाडौँ, ४ असार। चलचित्र ‘भागदौड’ यही असार २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले हालै फिल्मको दुई फरक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो  । 

    हिमाल उप्रेतीको लेखन तथा निर्देशन रहेको फिल्ममा अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई (सारा), विशाल पोखरेल, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन र सुवास तिमिल्सिना लगायतका कलाकारहरूको अभिनय छ ।

    विश्वराम बिष्टको प्रस्तुतकर्ता रहेको फिल्ममा अंगिरा थापा कार्यकारी निर्माता रहेका छन् भने सहनिर्माताहरूमा भूपेन्द्रकुमार खड्का, सागर पुरी र सुरेश गिरी हुन् ।

    लेखक तथा निर्देशक उप्रेतीका अनुसार फिल्मले जालझेल र ठगीका कारण देखापर्ने  नैतिक संकटलाई देखाउन खोजेको छ । चलचित्रमा  एक्सन , मनोरञ्जन र सन्देशलाई ध्यान दिएकोले भाडदौड रोचक चलचित्र बनेको निर्माण पक्षले जानकारी दियो ।

    फिल्ममा दीपक बज्राचार्यको छायांकन, प्रविन ढकालको सम्पादन, वसन्त सापकोटा र प्रकाश नेपालीको संगीत छ । फिल्मको वितरण नेशनल सिने ग्रुप नेपाल रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij