२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

टाइमलाइन स्कुलको साँस्कृतिक गीत सार्वजनिक (भिडियो सहित)

टाइमलाइन स्कुलको साँस्कृतिक गीत सार्वजनिक (भिडियो सहित)

गण्डकी टाइम्स
सोमवार, भाद्र ३० २०७६
गण्डकी टाइम्स
सोमवार, भाद्र ३० २०७६
  • गोकर्णेश्वर–५, जोरपाटी स्थित टाइमलाइन स्कुलले तयार गरेको नेपाली मौलिक सँस्कृतिमा आधारित दशैं–तिहार बिशेष साङ्गीतिक एल्बम ‘बहार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । आइतबार दिउँसोे टाइमलाइन स्कुलको प्रेक्षालयमा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, बरिष्ठ सङ्गीतकार शान्तिराम राई, प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, प्याब्सन गोकर्णेश्वरका अध्यक्ष मदन कुमार सुवेदी, गायक थानेश्वर गौतम लगायत सङ्गीत क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा उक्त गीत तथा भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सन्तोष चालिसेले टाइमलाइन स्कुलले प्रशंसनीय काम गरेको बताए । कार्यक्रममा बोल्दै मेयर चालिसेले भने–‘नेपाली सँस्कृतिको जगेर्ना गर्नुपर्छ भनेर नै नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेको छ । सोही अवधारणलाई आत्मसाथ गर्दै टाइमलाइन स्कुलले नेपाली मौलिक सँस्कृतिको जगेर्ना गर्ने उद्देश्यले अत्यन्तै राम्रो सिर्जना पस्केको छ । यसबाट हराउँदै गएको सँस्कृति पुनर्जागृत भएको छ ।’ विद्यालयले निर्माण गरेको साँस्कृतिक गीत भएकोले उठ्न सक्ने सम्भावित धेरै प्रश्नहरुको एकमुष्ठ जवाफ गीतले दिएको बताउँदै वरिष्ठ सङ्गीतकार शान्तिराम राईले भने–‘टाइमलाइन स्कुलले नेपाली सँस्कृति र गीत सङ्गीतको क्षेत्रमा ठूलो उपहार दिएको छ ।’ टाइमलाइन स्कुलका प्रिन्सिपल तथा गीतकार राम प्रसाद बडालको शब्द रचना र रत्न राईको सङ्गीत रहेको ‘बहार’ एल्बममा सत्यकला राई, सरला राई, लक्ष्मण चौलागाई र सङ्गीतकार रत्न राईको स्वर रहेको छ । आधुनिकतासँगै हराउँदै गएको नेपाली मौलिक सँस्कृति र चाडपर्वहरूको महत्वलाई दर्शाउँदै नेपाली सँस्कृतिको जगेर्ना गर्ने उद्देश्यले यो गीत तयार गरिएको टाइमलाइन स्कुलका अध्यक्ष नवराज रिजालले बताए । म्युजिक भिडियो युट्युबमा ‘हलेसी च्यानल’ र फेसबुकमा टाइमलाइन स्कुलको पेजबाट सार्वजनिक गरिएको छ । भिडियो हेर्नुस् [youtube https://www.youtube.com/watch?v=AZZvAAO1UC8&w=640&h=360]

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij