२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

घर सफा गर्न सिकाउँदै अभिनेत्री सनी लियोनी

घर सफा गर्न सिकाउँदै अभिनेत्री सनी लियोनी

गण्डकी टाइम्स
बुधवार, बैशाख २४ २०७७
गण्डकी टाइम्स
बुधवार, बैशाख २४ २०७७
  • एजेन्सी । भारतमा जारी लकडाउनका कारण सम्पन्न व्यक्तिका घरमा बाहिरबाट कामदार आउन सकेका छैनन् । जसका कारण कतिपय सेलिब्रेटी आफैंले घरको काम गर्नुपरेको छ । यस्तै, लकडाउनका कारण आफ्नो घरमा काम गर्ने महिला (बाई) नआएपछि आजकल आफ्नो दिनचर्चा घरको काम गर्दैमा बित्ने गरेको पूर्वपोर्नस्टार तथा अभिनेत्री सनी लियोनीले बताएकी छन् । यी अभिनेत्रीले यो अवधिमा आफूले घरको काम गर्न सिकेको बताइन् । यसअघि कोरोना संक्रमणबाट कसरी जोगिने भन्नेबारे सन्देश दिँदै आएकी यी पूर्वपोर्नस्टारले यतिबेला घरमा यदि जुत्ताको माध्यमबाट कोरोना आएको छ भने त्यसलाई कसरी सफा गर्ने भन्ने उपाय सिकाएकी छन् । यी अभिनेत्रीले अहिलेको अवस्थामा घरको बरन्डालाई कसरी सफा गर्ने भनेर एउटा भिडियो नै पोस्ट गरेकी छन् । उनले सो भिडियोमा घरलाई राम्ररी सफा गरेर त्यो भिडियो पनि सामाजिक सञ्जालमा प्रस्तुत गरेकी छन् । उनले घर सफा गर्दै गरेको यो भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । कतिपय दर्शकले उनको यो कामको खुलेर प्रशंसा गरेका छन् । उनको मिहिनेत राम्रो भएको भन्दै अभिनेत्री सनीलाई यस्तो काममा निरन्तरता दिन बताएका सुझाव दिएका छन् । साथै, आफ्नो काम गर्दा कहिल्यै पनि सानो नभइने उनीहरूले बताएका छन् । कसैले भने काम नपाएर यी नायिकाले नाटक गरेर बसेको भन्दै टिप्पणी पनि गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij