२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

टोखामा सानिमा बैंकको शाखा विस्तार

टोखामा सानिमा बैंकको शाखा विस्तार

गण्डकी टाइम्स
बुधवार, माघ २८ २०७७
गण्डकी टाइम्स
बुधवार, माघ २८ २०७७
  • काठमाडौं, २८ माघ । सानिमा बैंक लिमिटेडले काठमाडौंको टोखा‐६ (ग्रान्डी अस्पताल नजिकै) मा, बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका छन।

    उद्घाटन् समारोहमा मह जोडीले टोखामा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई दिँदै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन आग्रह गरेका छन। सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका छन ।

    सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १६ विस्तारित काउन्टर र ९० वटा एटिएम संचालनमा रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij