२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्दै

राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्दै

गण्डकी टाइम्स
सोमवार, फाल्गुण १७ २०७७
गण्डकी टाइम्स
सोमवार, फाल्गुण १७ २०७७
  • काठमाडौं, १८ फागुन । नेपाल राष्ट्र बैंकले आज मंगलबार (फागुन १८ गते) १० अर्ब रुपैयाँको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले बुधबार फागुन १९ गते निष्कासन गर्न लागेको यस ऋणपत्र आज फागुन १८ गते दिउँसो ३ बजे बोलकबोल गर्न लागेको हो ।

    विकास ऋणपत्र २०८५ ‘ङ’ नाम दिइएको यसको अवधि ८ वर्ष हुनेछ । जसअनुसार २०७७ फागुन १९ गते जारी मिति तोकिएको यस ऋणपत्र २०८५ फागुन १९ गते परिपक्व हुनेछ । ऋणपत्र सर्वसाधारण नागरिक, बैंक तथावित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी तथा संगठित संस्थाहरुले खरिद गर्न सक्नेछन् ।

    ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिनदिन पनि पाइनेछ । यसको ब्याजदर भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्ने केन्द्रीय बैंकले जनाएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी समूहभित्र रहेर ऋणपत्र बिक्री गर्न लागिएको हो ।

    प्रतिस्पर्धी बोलवालालार्ई निष्कासित रकमको ८५% अर्थात् ८ अर्ब ५ करोड रुपैयाँ र अप्रतिस्पर्धी बोलवालालार्ई निष्कासित रकमको १५% अर्थात् १ अर्ब ५ करोड रुपैयाँ छुट्याइएको छ । नेपाल स्टक एक्सचेन्जमार्फत दोस्रो बजारमापनि ऋणपत्र कारोबार हुन सक्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij