आज पनि बढ्यो सुनचाँदीको मुल्य
आज पनि बढ्यो सुनचाँदीको मुल्य
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १८ जेठ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य तोलामा १० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया