२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

१७ साउनबाट पोखरा-नेपालगन्ज रुटमा नियमित हवाई उडान

१७ साउनबाट पोखरा-नेपालगन्ज रुटमा नियमित हवाई उडान

गण्डकी टाइम्स
शुक्रवार, श्रावण ८ २०७८
गण्डकी टाइम्स
शुक्रवार, श्रावण ८ २०७८
  • काठमाडौं, ८ साउन । आगामी १७ साउन (१ अगस्ट)बाट पोखरा-नेपालगन्ज रुटमा नियमित हवाई सेवा उपलब्ध हुने भएको छ । यसअघि चार्टर्ड उडान मात्र हुने यो रुटमा अब बुद्ध एयरले नियमित उडान तालिका सार्वजनिक गरेको हो ।

    कम्पनीका अनुसार साताको यो रुटमा साताको तीन उडान नियमित हुने भएको हो । जहाज आइतबार, बुधबार र शुक्रबार पोखराबाट बिहान ९ः१० मा उड्नेछ ।

    यो जहाज १० बजे बिहान नेपालगन्जबाट पोखरा फिर्ता हुने गरि तालीका तय गरिएको छ । बुद्ध एयरले क्षेत्रिय उडानलाई बढाउने सन्दर्भमा पोखरा-नेपालगन्ज रुटमा उडान बिस्तारको योजना यसअघि नै सार्वजनिक गरेको थियो ।

    यसबाट भारतीय पर्यटकलाई समेत पोखरा आकषिर्त गर्न सहज हुनेछ । सरकारले आन्तरिक उडानमा मागेजति उडान खुला गरेसँगै अब एयरलाइन्सहरुले यात्रु आकर्षित गर्न प्याकेजहरु समेत लागू गर्दैछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij