२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

प्रतिनिधिसभामा अर्थमन्त्रीले बजेटमाथिका प्रश्नको जवाफ दिने

प्रतिनिधिसभामा अर्थमन्त्रीले बजेटमाथिका प्रश्नको जवाफ दिने

गण्डकी टाइम्स
मंगलवार, जेठ २२ २०८१
गण्डकी टाइम्स
मंगलवार, जेठ २२ २०८१
  • काठमाडौं, २३ जेठ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ । यसैगरी, विनियोजन विधेय, २०८१ लाई प्रस्तुत गर्न अनुमतित माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ । यस्तै, अर्थमन्त्री पुनले विनियोजन विधेयक, २०८१ प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ प्रस्तुत गर्ने, भन्सार महशुल विधेयक, २०८१ प्रस्तुत गर्न अनुमति मान्गने प्रस्ताव प्रस्तुत गर्ने भन्सार महशुल विधेयक,२०८१ प्रस्तुत गर्ने कार्यसूची छ ।      

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij