२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

पोखरा महानगरले ल्यायो साढे ७ अर्बको बजेट

पोखरा महानगरले ल्यायो साढे ७ अर्बको बजेट

गण्डकी टाइम्स
सोमवार, आषाढ ११ २०८१
गण्डकी टाइम्स
सोमवार, आषाढ ११ २०८१
  • पोखरा, १० असार । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि साढे ७ अर्ब बजेट ल्याएको छ । पोखरा सभागृहमा भएको १५औं नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् । पर्यटन, कृषि, उद्योग तथा व्यापार क्षेत्रको सम्वन्ध सुदृढीकरणदेखि सरलीकृत, हरित दिगो र विपद् उत्थानशील पूर्वाधार विकास, प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको उपमेयर गुरुङले बताइन् । आर्थिक विकासतर्फ सिचाईं सुविधा वृद्धि गरी उत्पादन बढाउन सिचाई आयोजना निर्माण तथा मर्मत गर्ने योजना महानगरले ल्याएको छ । शिक्षातर्फ सामुदायिक विद्यालयको स्तर बढाउन प्रोत्साहन कार्यक्रम र स्वास्थ्यतर्फ ९८ प्रकारका औषधी निशुल्क उपलब्ध गराउन बजेट विनियोजन गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij