२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

अजिरकाेट गाउँपालिकाले ल्यायो ४५ कराेड २५ लाख ३५ हजारको बजेट

अजिरकाेट गाउँपालिकाले ल्यायो ४५ कराेड २५ लाख ३५ हजारको बजेट

गण्डकी टाइम्स
सोमवार, आषाढ ११ २०८१
गण्डकी टाइम्स
सोमवार, आषाढ ११ २०८१
  • गोरखा (अजिरकाेट), ११ असार । जिल्लाकाे अजिरकाेट गाउँपालिकाकाे १५ औँ अधिवेशन आज सम्पन्र भएकाे छ । गाउँपालिका अध्यक्ष दिपक देवकाेटाकाे अध्यक्षतामा भएकाे अधिवेशनमा गाउँपालिका उपाध्यक्ष अनिता भुजेलले नीति तथा कार्यक्रम अनुसारकाे बजेट पेश गर्नुभएकाे थियाे । पालिका भित्र वितरण गरिने सामाजिक सुरक्षा भत्ता बाहेक आव ०८१।०८२ का लागि ४५ कराेड २५ लाख ३५ हजार व्यय प्रस्तुत भएकाे हाे । चालु खर्च ७०‍.०१ र विकास तर्फ २९ ‍.९९ प्रतिशत रहने अनुमान गरिएकाे छ । चालु आवमा चालु खर्चकाे प्रगति ७१‍.६१ र पुँजीगत तर्फ ६१।०६ प्रतिशत गरी कुल वित्तिय प्रगति ६७.५५ प्रतिशत रहेकाे छ । कार्यक्रममा वडा नम्बर १ देखि ५ सम्मका वडा अध्यक्षहरु, विषयगत समितिका सँयाेजकहरुले आ आफ्ना क्षेत्रमा भएका रचनात्मक कामकाे बारेमा जानकारी गराउनुका साथै बजेटका बारेमा सुझाव प्रदान गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij