२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुनको मूल्य तोलाकै डेढ लाखनजिक पुग्यो

सुनको मूल्य तोलाकै डेढ लाखनजिक पुग्यो

गण्डकी टाइम्स
मंगलवार, श्रावण १ २०८१
गण्डकी टाइम्स
मंगलवार, श्रावण १ २०८१
  • काठमाडौँ, १ साउन। सुनको मूल्य फेरि उकालो चढ्न थालेको छ। मंगलबार तोलामा ९ सय रुपैयाँ बढेको हो। योसँगै सुनको मूल्य डेढ लाख प्रतितोलातिर नजिकिँदै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ४७ हजार ८ सय रुपैयाँ, तेजाबी सुन १ लाख ४७ हजार १ सय रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन छापावाल सुन १ लाख ४६ हजार ९ सय, तेजाबी सुन १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने घटेको छ। १० रुपैयाँले सस्तो भएको चाँदी आज १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको हो। अन्तर्राष्ट्रिय बजारमा भने आज सुन २ हजार ४ सय ३१ अमेरिकी डलर र चाँदी ३० अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्।      

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij