काठमाडौंमा किन महँगियो तरकारी ?
काठमाडौंमा किन महँगियो तरकारी ?
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, ४ असार। काठमाडौंमा तरकारीको मूल्य महँगिएको छ । वर्षा लागेसँगै मुलुकभर बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौंमा तरकारीको मूल्य बढ्न थालेको हो । बाढीपहिरोका कारण उपत्यकाभन्दा बाहिरको तरकारी काठमाडौं आउन नसक्दा उपत्यकामा तरकारीको मूल्य वृद्धि भएको छ ।
वर्षाका कारण बाढीपहिरो आउँदा हरेक वर्ष काठमाडौंमा तरकारीको मूल्य वृद्धि हुने गर्छ । तरकारीको मूल्य वृद्धि भएसँगै उपभोक्ताको चुलो पनि महँगो हुन गएको छ । केही दिनदेखि लौका, बोडी, काउली, घिरौँलालगायतको मूल्य वृद्धि भएको छ ।
प्रतिक्रिया