शेयर बजारमा हरियाली, ७८.१७ अंकको वृद्धि
शेयर बजारमा हरियाली, ७८.१७ अंकको वृद्धि
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, २७ भदौ । धेरै दिनको करेक्सन पछि बिहीबार शेयर बजारमा हरियाली छाएको छ ।
आज सेयर ७८.१७ अंकले बढेको छ । २.९९ प्रतिशतले बढेको परिसुचक २६८८ अंकमा पुगेर रोकियो । आज १ करोड ९४ कित्ता सेयर किनबेच हुदा ८ अर्ब १६ करोडको कारोबार भएको छ । हिजो ६ अर्बको मात्र कारोबार भएको थियो ।
आज कारोबारमा आएका २२९ कम्पनीको सेयरमूल्य बढेको छ भने १२ कम्पनिको घटेका छन् ।
प्रतिक्रिया