सानिमा रिलायन्स इन्स्योरेन्सले १८ प्रतिशत बोनस दिने
सानिमा रिलायन्स इन्स्योरेन्सले १८ प्रतिशत बोनस दिने
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ३१ भदौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट बोनस शेयर दिने भएको छ ।
कम्पनीको आइतबार बसेको बैंठकले वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको १८.३८११ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरणयोग्य लाभांशबापत चुक्तापुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँको १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ।
उक्त घोषित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूमा वितरण हुनेछ ।
प्रतिक्रिया