आज पनि बढ्यो सुनको मूल्य
आज पनि बढ्यो सुनको मूल्य
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ११ असोज । सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । विगत ६ दिनदेखि सुनको भाउ निरन्तर बढिरहेको छ । यो दिन पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तोलमा ५०० रुपैयाँ बढेको छ । यो दिन सुनको भाउ प्रतितोला १ लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुनको भाउ प्रतितोला १ लाख ६० हजार ७०० रुपैयाँ थियो ।
प्रतिक्रिया