२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

दसैँपछिको पहिलो कारोबारमा बढ्यो सुनको मूल्य

दसैँपछिको पहिलो कारोबारमा बढ्यो सुनको मूल्य

गण्डकी टाइम्स
मंगलवार, आश्विन २९ २०८१
गण्डकी टाइम्स
मंगलवार, आश्विन २९ २०८१
  • काठमाडौँ, २९ असोज । दसैँपछिको पहिलो कारोबारका दिन आज मंगलबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको हो । यसअघि असोज २३ गते सुनको मूल्य तोलामा १ लाख ५९ हजार १०० रुपैयाँ कायम भएको थियो । उक्त दिनको तुलनामा दसैँपछि आज कारोबार हुँदा सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । असोज २३ मा तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज रु २५ बढेर तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij