२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

गण्डकी टाइम्स
बुधवार, आश्विन ३० २०८१
गण्डकी टाइम्स
बुधवार, आश्विन ३० २०८१
  • काठमाडौँ, ३० असोज । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यले हालसम्मको सबै रेकर्ड तोड्दै कीर्तिमान बनाएको हो । जसअनुसार बुधवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि गत साउन १८ गते सुनको मूल्य १ लाख ६१ हजार ३०० रुपैयाँ कायम थियो । सो मूल्यको रेकर्डलाई पनि तोड्दै बुधवार आएर सुनको मूल्य १ लाख ६२ हजार नजिक पुगेको हो । मंगलबार भने सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ कायम थियो । यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३८ हजार ७२० रुपैयाँ कायम हुँदा चाँदीको मूल्य पनि बढेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij