२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नेटवर्थ ९० भन्दा कम भएका १४ कम्पनीलाई आइपिओ सूचीबाटै हटाइयो

नेटवर्थ ९० भन्दा कम भएका १४ कम्पनीलाई आइपिओ सूचीबाटै हटाइयो

गण्डकी टाइम्स
सोमवार, जेठ ६ २०८२
गण्डकी टाइम्स
सोमवार, जेठ ६ २०८२
  • काठमाडौँ, ६ जेठ । साधारण सेयरमा देखिएको वेथिति हटाउन नेपाल धितोपत्र बोर्ड (सेबाेन) आक्रमक देखिएको छ । विगतमा कमजोर कम्पनीलाई समेत आइपिओ निष्कासन गर्न दिएको भन्दै आरोप खेपिरहेको बोर्डले नेटवर्थ ९० भन्दा कम भएका १४ कम्पनीलाई सूचीबाटै हटाएको छ । सार्वजनिक लेखासमितिले २०८० पुस १३ गते प्रति सेयर नेटवर्थ ९० वा सोभन्दा कम भएका कम्पनीको आइपिओ निष्कासन गर्न नदिन बोर्डलाई निर्देशन दिएको थियो । निर्देशन अनुसार बोर्डले ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई सूचीबाटै हटाएको हो । सूचीबाट हट्नेमा सबैभन्दा धेरै जलविद्युत् कम्पनी छन् । ऊर्जा प्रवर्धकहरूले सेबोनले झण्डै २३ महिनादेखी आइपिओ रोकेर कमिसन मागेको आरोप लगाएका थिए । यसको प्रतिवाद गर्दै बोर्डले पुँजीबजारमा हुन लागेको सुधारसँग अत्तालिएको दाबी गरेको थियो । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्कीको बेनी हाइड्रोपावर प्रोजेक्टसमेत आइपिओको सूचीबाट हटेको छ । बोर्डमा आइपिओको पाइपलाइनमा रहेको बेनी हाइड्रोपावर नेटवर्थको ८४ रुपैयाँ मात्रै थियो । १८.२३ मेगावाटको बेनी हाइड्रोको सेयर निष्कासन गर्न भन्दै सेबोनमा २०८० भदौ ६ गते आवेदन परेको थियो तर बोर्डले सूचीबाटै हटाइदिएको छ । यस्तै सूचीबाट हट्ने हाइड्रो कम्पनीमा सानिमा हाइड्रो पावर, लाफिङ बुद्ध पावर नेपाल,पुवा खोला–वन हाइड्रोपावर लिमिटेड, रिचेट जलविद्युत कम्पनी छन् । यस्तै युनिक हाइडल कम्पनी, अन्नपूर्ण केबलकार, ठमेल प्लाजा होटल एण्ड सुइट्स,एपेक्स होस्पिटालिटी लिमिटेड, अर्चिड होल्डिङ्स, एक्कर्ड फर्मास्युटिकल्स पनि आइपिओको सूचीबाट हटेका छन् । सोपान फर्मास्युटिकल्स, कान्तिपुर टेलिभिजन नेटवर्क र प्रभु हेलिकोप्टर कम्पनीलाई आइपिओको सूचीबाट हटाइएको बोर्डले जनाएको छ । बोर्डले पाइपलाइबाट हटाएका कम्पनीहरूले प्रतिसेयर नेटवर्थ ९० पुर्‍याएर फेरि निवेदन दिन सक्ने बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij